|

काठमाडौं : नेकपा एमालेले शुक्रबार डोटीको सिलगढीमा सभा गर्दैछ। बिहीबार शुरु मध्यपहाडी लोकमार्ग केन्द्रित अभियान अन्तर्गत एमालेले डोटीमा कार्यक्रम गर्न लागेको हो।

‘झुलाघाट–चिवाभञ्ज्याङ : समृद्धिका लागि संकल्पयात्रा’ नाम दिइएको यात्रा अन्तर्गत शुक्रबार अध्यक्ष केपी ओलीसहितको नेता–कार्यकर्ताले अमरगढीबाट यात्रा शुरु गर्नेछन्। त्यहाँबाट सकाली, गोपघाट, राजपुर चोक र दिपायलमा भेटघाट गर्ने कार्यक्रम छ। 

त्यसपछि सिलगढीमा सभा हुनेछ । पार्टी अध्यक्ष ओलीले हिजो बिहान बैतडीको झुलाघाटमा झण्डोत्तलन गरी अभियानको शुभारम्भ गरेका थिए।

अभियानका क्रममा शुक्रबार ७० किलोमिटर दूरी पार गर्ने योजना छ। अभियान पुस १ गते पाँचथरको चिवाभञ्ज्याङमा पुगेर समापन हुनेछ। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.