|

काठमाडौं : प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बुधबार गोरखा जाँदैछन्। 

पार्टीले सञ्चालन गरिरहेको माओवादी विशेष रूपान्तरण अभियान अन्तर्गत बारपाक सुलीकोट गाउँपालिका- ८ को वडाको बैठकमा सहभागी हुन उनी त्यहाँ जान लागेका हुन्। प्रचण्ड  बिहान ११ बजे गोरखा पुग्ने बारपाक सुलिकोटकी उपाध्यक्ष सनमाया गुरुङले जानकारी दिइन्।

अभियान अन्तर्गत सातै प्रदेशका एक–एक वडामा पुग्ने कार्यक्रम अन्तर्गत प्रचण्ड गण्डकी प्रदेशको बारपाक सुलीकोट गाउँपालिका– ८ पन्द्रुङको वडाको बैठकमा सहभागी हुन लागेका हुन्।  पार्टीका प्रथम शहीद दिलबहादुर रम्तेलको जन्मथलो भएकाले यहाँ कार्यक्रम राखेको माओवादी केन्द्र गोरखाले जनाएको छ। 

बारपाक सुलीकोटबाट फर्किएलगत्तै प्रधानमन्त्रीले गोरखाको गण्डकी गाउँपालिकाका जनप्रतिनिधि र स्थानीयलाई सम्बोधन गर्नेछन्। त्यसलगत्तै उनी काठमाडौं फर्किने कार्यक्रम छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.