|
तस्वीर : रोयर्टस

यतिखेर गाजामा इजरायलले निरन्तर आक्रमण गरिरहेको छ। गाजापट्टीमा जारी इजरायली आक्रमणबाट मृत्यु हुने प्यालेस्टिनीको संख्या २७ हजार ९४७ पुगेको छ। 

गत वर्ष अक्टोबरमा इजरायल–हमास द्वन्द्व सुरू भएयता तटीय एन्क्लेभमा ६७ हजार ४५९ प्यालेस्टिनी घाइते भएको जनाइएको छ।

इजरायलको आक्रमणले गाजा क्षेत्र तहसनहस बनेको छ भने घरबारविहिन परिवारको संख्या बढ्दै गएको छ। यूएनआरडब्ल्यूएका सञ्चार निर्देशक जुलियट टुमाले पूर्वाधारको अभाव र दुःखद मानवीय अवस्थाका कारण रफाहमा १४ लाखभन्दा बढी विस्थापितहरूको सुरक्षा चुनौती निरन्तर बढ्दै बताएका छन्।

ज्यान बचाउन घरबाट भागेका बालबालिकाहरू शरणार्थी शिविरमा रहेका छन्। गाजा क्षेत्रमा खाद्यान्न तथा पानीको अभाव भएको छ। जसले गर्दा दातृ निकायले दिने खानाका लागि बालबालिकाहरू हरेक दिन लाइनमा बस्नुपर्ने अवस्था सिर्जना भएको छ। र पनि उनीहरूको पेटभरी खाना नपाएको अधिकारीहरूले जनाएका छन्।  

यसैबीच प्यालेस्टिनी सुरक्षा स्रोत र प्रत्यक्षदर्शीले इजरायली विमानहरूले गाजा शहरका अल-रिमाल, अल-साबरा, अल-जायटौन, ताल अल-हवा र शेख अजलिन लगायतका धेरै घरलाई लक्षित गरी शृङ्खलाबद्ध आक्रमण गरिरहेका छन्। युद्धकाबीच खाना र पानीको व्यवस्थापन गर्न थप अफट्यारो भइरहेको अन्तराष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.