|

इरानको तीन प्रान्तमा ग्यास आपूर्ति गर्ने ग्यास पाइपलाइनमा दुई वटा विस्फोट भएको छ। दक्षिणपश्चिमी प्रान्त चाहरमहल र बख्तियारीको बोरुजेन शहर तथा फार्सको दक्षिणी प्रान्त सफसहरमा पाइपलाइनलाई बुधबार बिहान निशाना बनाएको सरकारी सञ्चारमाध्यमले जनाएका छन्।

‘आतंकवाद र तोडफोडको यो कार्य राति करिब एक बजे दुई स्थानमा गरिएको थियो”, नेसनल इरानी ग्यास कम्पनीका प्रबन्धक सइद अघलीले ऊर्जा मन्त्रालयको आधिकारिक साना समाचार एजेन्सीलाई भने। तोडफोडबाट कम्तीमा तीन प्रान्त उत्तरपूर्वमा उत्तरी खुरासान, पश्चिममा लोरेस्तान र उत्तरपश्चिममा जान्जनमा ग्यास आपूर्तिमा अवरोध भएको सरकारी मिडियाले बताएको छ। अघलीका अनुसार ग्यास कम्पनीले ग्यास लाइनहरूको व्यवस्था परिवर्तन गरेर ‘नेटवर्कको स्थिति स्थिर’ गरेको बताए। 

आधिकारिक आइआरएनए समाचार एजेन्सीले दुवै स्थानमा आगो नियन्त्रणमा लिएको र मर्मतको काम भइरहेको बताएको छ। कुनै पनि समूहले आक्रमणको जिम्मेवारी लिएको छैनन्।

इरानले सामान्यतया विगतमा यस्तै प्रकारको तोडफोडका कार्यमा आफ्नो कट्टर दुश्मन इजराइलका एजेन्टहरूलाई दोषी ठहर्याउँथ्यो । तेहरानले सन् १९७९ को इस्लामिक क्रान्तिदेखि प्यालेस्टिनी मुद्दाको समर्थनलाई आफ्नो विदेश नीतिको केन्द्रविन्दु बनाएको छ। दुवै देशका सरकार लामो समयदेखि हत्या र तोडफोडको छायाँ युद्ध लडिरहेका छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.