|

इण्डोनेसियामा बुधबार भएको भएको राष्ट्रपतीय निर्वाचनमा रक्षामन्त्री प्रबोवो सुबियान्तो जित नजिक पुगेका छन्। 

मतगणनाको प्रारम्भिक रुझानमा सुबियान्तोको पक्षमा झण्डै ५८ प्रतिशत मत प्राप्त भएको छ । प्रारम्भिक रुझानसँगै ७२ वर्षीय सुबियान्तोले आफ्नो जित भएको घोषणा गर्नुभएको छ । तेस्रो पटक राष्ट्रपति निर्वाचनमा भिडेका गेरिन्द्र पार्टीका सुबियान्तोलाई हालका राष्ट्रपति जोको विडोडोको समर्थन छ । 

लोकतन्त्र विरोधी छबि भएका सुबियान्तोले आफ्नो जितको घोषणा गर्दै लोकतन्त्रलाई सुदृढ र बलियो बनाउने प्रतिबद्धता व्यक्त गरेका छन्।

इण्डोनेसियामा २७ करोड जनसंख्या रहेको इण्डोनेसियामा २० करोड ४० लाख मतदाता छन्, जसमध्ये ८० प्रतिशत मतदाता मतदानमा सहभागी भएका छन् । सन् २०१९ मा भएको निर्वाचनमा ८१ प्रतिशत मत खसेको थियो ।

राष्ट्रपति पदका लागि तीन प्रतिस्पर्धी छन् । कुनै पनि उम्मेदवारले पहिलो चरणमा प्रतिशतभन्दा बढी मत प्राप्त गर्ने उम्मेदवार निर्वाचित हुनेछन् । पहिलो चरणमा कुनै पनि उम्मेदवारले ५० प्रतिशत मत ल्यान नसकेमा शीर्ष दुई प्रतिस्पर्धीबीच दोस्रो चरणमा निर्वाचन हुने प्रावधान छ । हिजो भएको निर्वाचनमा ५७५ संसदीय सिटका लागि पनि मतदान भएको छ ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.