|

काठमाडौं : विश्वकप लिग- २ नामिबियासँगको खेलमा ब्याटिङ गरिरहेको  नेपालको चौथो विकेट गुमेको छ। कप्तान रोहित पौडेल १४ बलमा १ रन बनाएर आउट भएका हुन्।

नामिबियाको पहिलो बलमै ओपनर कुशल भुर्तेल आउट भएका थिए भने ८ रन बनाउँदै अनिल साह रन आउट हुन पुगे। आसिफ शेख ४ रनमा सहज क्याच आउट भए। 

रोहित पौडेलको कप्तानीमा रहेको नेपालबाट आसिफ शेख, कुशल भुर्तेल, भिम सार्की, अनिल शाह, पवन सर्राफ, कुशल मल्ल, करण केसी, सोमपाल कामी, गुल्शन झा र ललित राजवंशी खेलिरहेका छन्। आजको खेलमा  आजको खेलमा आसिप शेख र देव खनाल बेन्चमा रहेका छन्।

लिग–२ को २०२४–२७ को सर्कलमा यो पहिलो शृंखला हो। नेपाल र नामिबियासहित नेदरल्यान्ड्सले यस शृंखलामा प्रतिस्पर्धा गरिरहेको छ। तीन वर्ष चल्ने लिग २ मा  ८ टोलीले ९–९ शृंखलामा ३६ खेल खेल्ने छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.