|

इजरायल-हमासको द्वन्द्वबीच टर्कीका राष्ट्रपति रिसेप तैयप एर्दोगानले इजिप्टको भ्रमण गरेका छन्।

यस क्रममा इजिप्टका राष्ट्रपति अब्देल-फताह अल-सीसीले टर्कीसँगको सम्बन्धमा एक साथ नयाँ अध्याय खुलेकाे प्रतिक्रया दिए। 

टर्कीका राष्ट्रपतिसँगको संयुक्त पत्रकार सम्मेलनमा दिएको सम्बोधनमा सीसीले एर्दोगानको भ्रमणपछि द्विपक्षीय सम्बन्धलाई समृद्ध बनाउने र सही मार्गमा फर्काउने आशा व्यक्त गरे। 

इजरायली–प्यालेस्टाइन द्वन्द्वबारे बोल्दै इजिप्टका राष्ट्रपति सीसीले टर्कीका समकक्षीसँग गाजा स्ट्रिपमा युद्धविराम गर्न र वेस्ट बैंकमा शान्ति पुनःस्थापनामा पहल गर्न आवश्यक रहेको प्रतिक्रिया दिए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.