|

टर्कीले गाजामा शान्ति र प्यालेस्टिनी मुद्दामा दिगो समाधानका लागि इजिप्टसँग सहकार्य  गर्न चाहेको  प्रतिक्रिया दिएको छ। इजिप्टको भ्रमणपछि टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगानले बिहीबार यस्तो प्रतिक्रिया दिएका हुन्।

‘हामी इजिप्टसँग गाजामा भएको नरसंहारको अन्त्य गर्न र प्यालेस्टिनी मुद्दाको दिगो समाधान गर्न इजिप्टसँगको सहकार्य बढाउन चाहन्छौँ’, एर्दोगानले भने।

गाजामा इजरायली युद्धको बीचमा एर्दोगानले बुधबार इजिप्टको भ्रमण गरी दुई देश बीच वर्षौँको तनावपछि द्विपक्षीय सम्बन्ध पुनःस्थापित गर्न चाहेको 
बताए।

दुई देशका राष्ट्रपतिले सैन्य र रक्षा उद्योग लगायत द्विपक्षीय सम्बन्धमा हालै प्राप्त गरेको गतिको बारेमा छलफल गरेका थिए। उनीहरूबीच सकेसम्म चाँडो उच्चस्तरीय रणनीतिक सहयोग परिषद् बैठक आयोजना गर्ने सहमतिसमेत भएको छ। 

एर्दोगानले  इजिप्टका समकक्षी अब्देल-फताह अल-सीसीले अप्रिल वा मेमा टर्की भ्रमण गर्ने अपेक्षा गरेका छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.