|

इजिप्टका राष्ट्रपति अब्देल–फत्ताह अल–सिसीले बिहीवार कायरोमा भ्रमणमा रहेका ब्राजिलका राष्ट्रपति लुइज इनासियो लुला दा सिल्भासँग वार्ता गरेका छन्। उनीहरूबीच द्विपक्षीय सम्बन्ध स्तरोन्नति गर्ने र गाजापट्टीमा जारी इजरायली युद्धबारे छलफल भयो। 

ब्राजिल र इजिप्टको कुटनीतिक सम्बन्धको सय वर्ष पूरा भएको भन्दै अबको बाटो झनै राम्रो हुने बताए। उनीहरूले गाजामा तत्काल युद्धबिराम हुनुपर्नेमा जोड दिएका छन्। इजिप्ट र गाजा बीचको रफाह सीमा नाका गत वर्ष अक्टोबरमा इजरायलले गाजामा ठूलो सैन्य आक्रमण शुरु गरेदेखि नै राहत सामग्री प्रदान गर्ने  प्रमुख लाइफलाइन भएको छ। 

लुलाले राफा क्रसिङ हुँदै घेरामा परेका गाजाबाट करिव २ हजार ब्राजिली नागरिकहरूलाई सुरक्षित निकासी र प्रस्थान गर्नमा इजिप्टको भूमिकाको प्रशंसा गरे। दुई नेताले दशकौँ लामो इजरायल–प्यालेस्टाइन द्वन्द्वको अन्त्य गर्न स्वतन्त्र प्यालेस्टाइन राज्यको स्थापनाका लागि आफ्नो समर्थन पनि व्यक्त गरे । 

लुलाले इजिप्टका समकक्षीसँगको वार्तामा दुई देशबीचको सम्बन्धलाई रणनीतिक साझेदारीको स्तरमा स्तरोन्नति गर्ने र हाल वार्षिक करिब दुई अर्ब अमेरिकी डलर बराबरको व्यापार आदानप्रदान बढाउने विषयमा छलफल भएको बताए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.