|

रुसले युक्रेनसँग पुनः वार्ता शुरु गर्ने नगर्ने विषय आफूहरूको हातमा नरहेको प्रतिक्रिया दिएको छ। ‘युरो मैदान : युक्रेनको हराएको दशक’, सम्मेलनमा शुक्रबार विदेशमन्त्री सर्गेई लाभरोभले ‘बल आफूहरूको कोर्ट’मा नरहेको बताएका हुन्।

लाभरोभले युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रूसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग कुनै वार्तालाप नगर्ने बिलमा हस्ताक्षर गरेको सम्झना गर्दै यसका लागि युक्रेन नै जिम्मेवार रहेको टिप्पणी गरे। 

राष्ट्रपति जेलेन्स्कीले सन् २०२२ नोभेम्बरमा इण्डोनेसियामा भएको जी-२० शिखर सम्मेलनमा रूस-युक्रेन द्वन्द्व अन्त्य गर्न १० बुँदे शान्ति योजना अघि बढाएको पनि स्मरण गरे।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.