काठमाडौं : कवि तथा गीतकार कला सेरेङको कविता तथा गीत सङ्ग्रह ‘कलाका अन्तर्मन’ र गीतिभिडियो ‘अतितका यादहरू’ सार्वजनिक भएको छ।
शनिबार आयोजित समारोहमा नेपाल प्रज्ञा प्रतिष्ठानका माननीय कुलपति भुपाल राईले उक्त कृति सार्वजनिक गरेका हुन्।
अढाइ दशकदेखि कर्मथलो हङकङमा रहेका सेरेङको यो पहिलो कृति हो। पुस्तक कृतिभित्र १ सय १५ शीर्षकका गीत तथा कविता रहेका छन्। परदेशमा रहँदा घरदेशको सम्झनालाई विषयवस्तु केन्द्रित रहेका छन्। मातृभूमि नेपालको वनपाखा, गाउँघर, सर्वोच्च शिखर सगरमाथा, बाबुआमा, पुर्खाले सिंचेको मातृभूमिप्रति माया, मायाप्रितीका शब्द उनिएका छन्।
कवि सेरेङले डायस्पोरामा रहेर मातृभूमि नेपालको मायाले गर्दा मनका भावनाहरू साहित्यमा उतारेको बताए। ‘मैले नेपाली साहित्यको इतिहास पढेर, सिद्धान्त घोकेर कुनै रचना रचेको छैन,’ उनले भनिन्,‘हामी डायस्पोरामा रहेर मातृभूमि र नेपाली भाषाको श्रीवृद्धि गर्ने चाहनाले भावनाको सँगालो प्रकाशनमा ल्याएको हुँ।’ विनोद चोङबाङले संयोजन गरेको कृतिमा डा। दिलकुमार हाङसुरूङ लिम्बू र नरेन नुगो लिम्बूले भूमिका लेख्न गरेका छन्।
यसैगरी कला सेरेङको ‘अतितका यादहरू’ गीतिभिडियोको गीतलाई संगीतकार बीबी अनुरागीले संगीत दिएका छन् भने प्रसिद्ध गायिका अन्जु पन्तले गाएकी छन्। उक्त भिडियोमा ओखलढुंगाको लिखु गाउँपालिका–९ पोकली वाच्पुको ग्रामीण जनजीवन समेटिएको छ।
परम्परागत कृषक परिवारको जीवनशैली प्रस्तुत गरिएको छ। त्यसमा कला सेरेङ र उनका जीवनसाथी सीएम सुनुवार स्वयंले अभिनय गरेका छन्। सीएम सुनुवार वाम्बुले राई संस्कृतिमा आधारित चलचित्र ‘सुम्निमा’को नायकसमेत हुन्। सीएमले थुप्रै म्युजीक भिडियोमा अभिनय समेत गरेका छन्।
त्यस्तै नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति तथा पुस्तक बिमोचन कार्यक्रमका प्रमुख अतिथि भूपाल राईले नेपाली कला र सस्कृतीको जगेर्ना प्रवासमा रहेका नेपालीहरूले संरक्षण गरिरहेको दाबी गरेका छन्। आफ्नो अमेरिका भ्रमणमा अमेरीका बस्ने नेपालीहरूले नेपाली मौलिकता , कला र सस्कृतिको जगेर्ना गरेका देख्दा आफुलाइ खुशी लागेको धारणा व्यक्त गरे।
पुस्तक कि लेखिका सेरेङलाई कविता लेख्नमा निरन्तरता दिन उनले सुझाएका छन्। धेरै सर्जकहरू आफ्नो कर्मलाई निरन्तरता नदिँदा छायाँमा परेको तर्फ इन्किंत गर्दै राईले त्यसबाट पाठ सिक्न अनुरोध गरे।
कार्यक्रममा नेपाल प्रज्ञा-प्रतिष्ठानका सदस्य सचिव, कलाकार , फिल्म निर्माता र पत्रकारहरूको बाक्लो उपस्थिति रहेको थियो। कार्यक्रममा मन्तव्य राख्ने सबैले यस्ता कामले निरन्तरता पाउनुपर्ने बताएपछि कवीयात्रीले आफूले कला साहित्यलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरिन्।
तपाईंको ईमेल गोप्य राखिनेछ ।