काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेल बिहीबार अछाम जाने भएका छन्। साँफेबगर नगरपालिका–१ स्थित वैद्यनाथ धाममा शुरु हुने कोटिहोम महायज्ञ उद्घाटनका लागि उनी त्यसतर्फ जान लागेका हुन्।
राष्ट्रपति पौडेल जाने भएकोले जिल्लाको शान्ति सुरक्षा कडा परिएको छ। कोटिहोम महायज्ञको तयारी पूरा भएको प्रचारप्रसार समितिले जनाएको छ।
वैद्यनाथ धाममा हरेक ६ वर्षमा लक्ष होम सहितको अर्धकुम्भ मेला, १२ वर्षको अन्तरमा महालक्ष्यहोम सहितको महाकुम्भ मेला र १४४ वर्षको अन्तरमा कोटिहोम महायज्ञसहितको महाकुम्भ मेला लाग्छ। कोटिहोम महायज्ञ शिवरात्रिसम्म चल्ने छ।
यसअघि राष्ट्रपति पौडेल बागलुङ नगरपालिका–६ स्थित सर्वसिद्धिधाम पञ्चकोट पुग्ने कार्यक्रम तय भएको छ। उनी पञ्चकोटमा बुधबारदेखि सञ्चालित अनन्तश्री ब्रह्माण्डीय महायज्ञमा सहभागी हुनेछन्। बिहान साढे ९ बजे राष्ट्रपति पञ्चकोट पुग्ने महायज्ञका प्रवक्ता सुदर्शन प्रपन्नाचार्यले बताए।
तपाईंको ईमेल गोप्य राखिनेछ ।