|

काठमाडौं : लोकतान्त्रिक समाजवादी पार्टीले पदाधिकारी बैठक बोलाएको छ। केन्द्रीय समिति बैठकको तयारीबारे छलफल गर्न शनिबार बैठक बोलाएको महासचिव डा. सुरेन्द्रकुमार झाले जानकारी दिए। 

बैठकले पार्टीको संरचना, संगठन विस्तार, विधान, भ्रातृ संगठन र राजनीतिक दस्तावेज लगायतका विषयमा छलफल गर्ने झाले बताए। 

फागुन ३० देखि चैत २ गतेसम्म महोत्तरीमा केन्द्रीय समिति बैठक बोलाइएको छ । पार्टीको संगठन सुदृढीकरण, विधान संशोधन, राजनीतिक दस्तावेज लगायतका विषयमा प्रतिवेदन लेख्न यसअघि नै लोसपाले कार्यदल गठन गरेको थियो। कार्यदलले काम गरिरहेको छ।

फागुन ३० देखि चैत २ गतेसम्म महोत्तरीमा पार्टीको केन्द्रीय समिति बैठक बोलाइएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.