|

काठमाडौं : कास्कीको सदरमुकाम पोखराबाट करिब ३८ कि.मी को दूरीमा पर्छ, सुन्दर गाउँ सिक्लेस गाउँ। मादी गाउँपालिकाको वडा नम्बर १ मा पर्ने सिक्लेस गाउँमा करिब ४०० घरधुरी छन्। 

समुद्री सतहदेखि २ हजार मिटर उचाइमा सिक्लेस गाउँ अन्नपूर्ण र लमजुङ हिमालको काखमा पर्छ। बिहान सबेरै उठेर जहाँवाट हेर्दा पनि हिमाल छयाङ्ङै खुलेको देखिन्छ। सिक्लेसबाट डेढ घण्टा उकालो हिँडेर २ हजार ३५० मिटरको उचाइ भएको राइजिङ डाँडामा पुग्नासाथ अन्नपूर्ण र लमजुङ हिमालको अवलोकन गर्न पाइन्छ।

मनिष अर्याल/नेपाल फोटो लाइब्रेरी 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.