काठमाडौं : धरहरा पुनर्निर्माण आयोजनाअन्तर्गत बनाइएको अहिले तीनवटा नयाँ प्रतीक्षालयले सबैको ध्यानको केन्द्र बनेको छ।
सिसै सिसाले बनाइएको प्रतीक्षालय हेर्दा निकै सुन्दर देखिन्छ। अहिले सामाजिक संजालभरी यी तीनवटै प्रतीक्षालयको चर्चा चलिरहेको छ। प्रतीक्षालयहरू धरहराको कम्पाउन्डमा बनेको छ।
२०७२ मा गोरखाको बारपाक केन्द्रबिन्दु भएर गएको भूकम्पले ढलेको धरहरा र परिसरका सम्पूर्ण संरचनाहरू बनिसकेका छन्। यद्यपि, सर्वसाधारणहरूले धरहरा टावर चढ्न अझै केही समय कुर्नुपर्ने अवस्था छ।
केही तस्वीर झलक :
तपाईंको ईमेल गोप्य राखिनेछ ।