|

काठमाडौं : प्रिमियर लिग फुटबलमा लिभरपुल र म्यानचेष्टर सिटीले बराबरी खेल्दै अंक बाँडेका छन्। 

गएराति लिभरपुलको घरेलु मैदान एनफिल्डमा भएको खेल १-१ को बराबरीमा सकिएको हो। बराबरी सँगै दुवै टोलीले आर्सनललाई उछिनेर पहिलो स्थानमा उक्लिने मौका गुमाएका छन्। 

खेलको २३औं मिनेटमा जोन स्टोन्सको गोलको मद्दतमा सिटीले खेलमा अग्रता बनाएको थियो।  दोस्रो हाफको सुरुवातमै लिभरपुलले पेनाल्टी मार्फत बराबरी गर्ने अवसर पायो। गोलरक्षक एडर्शनले डार्विन नुनेज माथि फाउल गरेपछि पाएको पेनाल्टीमा एलेक्सिस मक्यालिस्टरले गोल गर्दै खेल बराबरीमा ल्याएका थिए।

त्यसपछि पनि खेलमा निकै मौकाहरुमा दुवै टोली चुक्न पुगे । बराबरी पछि आर्सनल पहिलो स्थानमा यथावत रहेको छ। आर्सनलको २८ खेलमा ६४ अंक छ। समान २८ खेलमा ६४ अंक नै रहेको लिभरपुल गोल अन्तरका आधारमा दोस्रो छ।सिटीको भने २८ खेलमा ६३ अंक छ।

गएराित नै भएको खेलमा टोटनहम हटस्परले सानदार जित दर्ता गरेको छ। टोटेनहमले एस्टन भिल्लाविरुद्ध ४–० को फराकिलो जित निकाल्यो। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.