|

काठमाडौं : नेपालमा पश्चिमी न्यूनचापीय प्रणालीको साथै स्थानीय वायुको आंशिक प्रभाव रहेको छ।

आज विहान कर्णाली र सुदूरपश्चिमसहित पहाडी भूभागमा आंशिक बदली रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। दिउँसो, पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी स्थानको मौसम मुख्यतया सफा रहनेछ। 

गण्डकी, कर्णाली र सुदूरपश्चिमको पहाडी भूभागमा छिटपुटदेखि हल्का वर्षाको सम्भावना छ। उच्च पहाडी तथा हिमाली भूभागमा हल्का हिमपात  सम्भावना रहेको महाशाखाले जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.