|

 काठमाडौं : भारतीय जनता पार्टी (बिजेपी)ले बुधबार लोकसभा निर्वाचनको दोस्रो सूची जारी गरेको छ।

जारी सूचीमा तीन पूर्वमुख्यमन्त्री मनोहर लाल खट्टर, त्रिवेन्द्र सिंह रावत, बसवराज बोम्मईका साथै चार केन्द्रीयमन्त्री नितिन गडकरी, अनुराग ठाकुर, पीयुष गोयल र प्रह्लाद जोशीसहित ७२ उम्मेदवारको नाम समावेश छ।

बिजेपीले करनाल लोकसभा सिटबाट पूर्वमुख्यमन्त्री मनोहर लाल खट्टरलाई चुनावी मैदानमा उतारेको छ। यसअघि उनले मङ्गलबार हरियाणाको मुख्यमन्त्री पदबाट राजीनामा दिएका  थिए । हिमाचल प्रदेशमा केन्द्रीयमन्त्री अनुराग ठाकुर हमिरपुर सिटबाट निर्वाचन लड्नेछन्।

 कर्नाटकमा पार्टीले धारवाडबाट केन्द्रीयमन्त्री प्रह्लाद जोशीलाई उठाएको छ । कर्नाटकका पूर्वमुख्यमन्त्री बसवराज बोम्मईलाई हावेरी लोकसभा सिटबाट टिकट दिइएको छ । महाराष्ट्रमा बिजेपीका केन्द्रीयमन्त्री नितिन गडकरीलाई नागपुर सिटबाट निर्वाचनमा उतार्ने निर्णय गरिएको छ । पीयुष गोयल मुम्बई नर्थबाट निर्वाचन लड्नुनेछन्। 

बिजेपीले उत्तराखण्डको दुई सिटमा पनि उम्मेदवारी घोषणा गरेको छ । पार्टीले उत्तराखण्डका पूर्वमुख्यमन्त्री त्रिवेन्द्र सिंह रावतलाई हरिद्वार सिटबाट मैदानमा उतारेको छ । भाजपाका राष्ट्रिय मुख्य प्रवक्ता अनिल बलुनी गढवाल सिटबाट निर्वाचन लड्न तयार भएका छन्। यस अघि भाजपाले १९९ जनाको नाम सार्वजनिक गरेको थियो 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.