|
file photo

 काठमाडौं : प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसकी सांसद एवं पूर्वमन्त्री कमला पन्तले गोरखाकाली रबर उद्योग सञ्चालनमा ल्याउने प्रतिबद्धता तत्काल पूरा गर्न प्रधानमन्त्री पुष्पकमल दाहाललाई दबाब दिएकी छन्।

शुक्रबार बसेको राष्ट्रियसभा बैठकको प्रादेशिक सरोकार समयमा बोल्दै उनले सो उद्योग संचालनमा ल्याउन आफैँले गरेको प्रतिबद्धता कहिले पूरा हुन्छ? भनी प्रधानमन्त्री दाहाललाई प्रश्नसमेत गरिन्।

प्रधानमन्त्री दाहालको निर्वाचन क्षेत्र गोरखामा रहेको सो उद्योग हाल सञ्चालनमा नआएकाले त्यसलाई तत्काल सञ्चालनमा ल्याउनुपर्ने सांसद पन्तको भनाइ थियो।

उनले सो उद्योग गण्डकी प्रदेशकै गौरव भएकाले पनि त्यसको सञ्चालनमा सरकारले ढिलाइ गर्न नहुने बताइन्। सांसद पन्तले सरकारले उत्पादनको क्षेत्रमा लगानी बढाउने राष्ट्रिय पुँजी वृद्धि गर्ने कामलाई प्राथमिकता दिनुपर्ने आवश्यक्ता औँल्याइन्।

उनले भनिन्, ‘अर्को गोरखामा रहेको गोरखकाली रवर उद्योग। हामीसँग पुरातात्विक कुराहरु त छँदैछन्। मनकामना, गोरखकाली, मुक्तिनाथ। प्रधानमन्त्रीको जिल्ला पनि हो गोरखा। प्रधानमन्त्रीले हरेक ठाउँमा गोरखाकाली रवर उद्योग म चलाउँछु भनेर भाषण गरेर आउनुभएको थियो। बोल्न मात्रै हो भने प्रधानमन्त्रीज्यूलाई मेरो भन्नु केही छैन। तर बोलेको कुरा पूरा गर्ने हो भने अव कति महिनामा यो उद्योग सञ्चालन गर्छु भन्नुहुन्छ? त्यसको जवाफ पनि खोजेको छु।'

सांसद पन्तले विकास, निर्माणको काममा ढिलाइ गर्ने छुट सरकारलाई नभएको पनि बताइन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.