|

गौर : राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव टंकलाल घिसिङले खेलकुदको विकासका माध्यमबाटै देशविकास सम्भव भएको बताएका छन्।

बाराको निजगढमा आज नेपाल कराते महासंघको प्रथम वार्षिक साधारणसभाको उद्घाटन गर्दै राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव टंकलाल घिसिङले उक्त कुरा बताएका हुन्।

नेपाल कराते महासंघका अध्यक्ष युवराज लामाको अध्यक्षतामा भएको उद्घाटन समारोहमा बोल्दै घिसिङले राष्ट्रिय खेलकुद परिषद्‌मा दर्ता रहेका खेल संघमध्ये कराते महासंघले एक वर्षको अवधिमा धेरै काम गरेको भन्दै कराते महासंघको कामको प्रशंसा गरेका थिए।

अन्तरराष्ट्रिय प्रतियोगितामा अबका दिनका धेरै पदक ल्याउन खेलको स्तर हेरेर राष्ट्रिय खेलकुद परिषद्ले लगानी गर्ने बताएका छन्। सातै प्रदेशका करिब एक सय प्रतिनिधि सहभागी रहेको साधारणसभामा बागमती प्रदेश खेलकुद परिषद्का सदस्य सचिव सूर्यलाल भण्डारीले शुभकामना मन्तव्य राख्दै खेलकुद विकासका लागि बागमती प्रदेश खेलकुद परिषद्ले सक्दो सहयोग गर्ने प्रतिबद्धता जाहेर गरेका थिए।

नेपाल कराते महासंघका महासचिव दावा गुरुङले करातेले अबका दिनमा आउने अन्तरराष्ट्रिय कराते प्रतियोगितामा देशका लागि धेरैभन्दा धेरै पदक ल्याउने विश्वास व्यक्त गरेका थिए। उक्त साधारणसभा दुई दिन चल्नेछ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.