|

काठमाडौं : नेपाली राष्ट्रिय टोलीका खेलाडी कुशल भुर्तेलले आफू टी-२० विश्वकप खेल्नका लागि उत्साहित रहेको बताए छन्।

टी -२० विश्वकप क्रिकेट आगामी जुन २ देखि अमेरिका र वेष्टइण्डिजमा संयुक्तरुपमा हुँदैछ। 

केटिएम कन्सलटिङ ग्रुपको ब्राण्ड एम्बास्डरमा नियुक्त क्रिकेटर भुर्तेल सोमबार पत्रकारहरूसँग कुरा गर्दै आफू उत्साहित भएको बताएका हुन्।

केटिएम कन्सलटिङ ग्रुपले विभिन्न समयमा नेपाली क्रिकेट टोलीसँग विभिन्न कार्यमा समन्वय गर्दै आएको छ । सोही क्रममा भुर्तेल ग्रुपको ब्राण्ड एम्बास्डरमा नियुक्त भएका हुन् ।

कन्सलटेन्सी र भुर्तेलबीच एक वर्षको लागि ब्राण्ड एम्बास्डरमा रहने सम्झौता भएको हो। नेपालको तर्फबाट उनले ओपनिङ ब्याटिङ गर्दै आएका छन् । ​

केटिएम कन्सलटिङ ग्रुपका नेपालमा काठमाडौं, हेटौँडा, बुटवल, चितवन, बनेपा, इटहरी, पोखरा, दाङ र सर्लाहीमा शाखा रहेका छन्। साउथ एसियामा भूटान, बंगलादेश, श्रीलंकामा पनि ब्रान्चहरु रहेका छन्।

ग्रुपले उच्च शिक्षाका लागि विद्यार्थीहरूलाई अस्ट्रेलिया क्यानडा, बेलायत, अमेरिका लगायत देशहरूमा पठाउँदै आएको छ । 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.