काठमाडौँ : साविक विजेता हेल्प नेपाल स्पोर्टस् क्लबले आठौँ आरबिबी एनभिए भलिबल च्याम्पियनसिपको पुरुषतर्फ उपाधिका लागि त्रिभुवन आर्मी क्लबसँग प्रतिस्पर्धा गर्ने भएको छ।
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप)को कभर्डहलमा शुक्रवार सम्पन्न सेमिफाइनलमा हेल्प नेपालले गण्डकी प्रदेश र त्रिभुवन आर्मीले नेपाल पुलिस क्लबलाई हराउँदै उपाधि भिडन्त तय गरेका हुन्। हेल्प नेपालले गण्डकीमाथि ३–० को सोझो सेटमा जित निकाल्दा पुलिसले आर्मीलाई ३–२ को संघर्षपूर्ण तरिकाले हरायो। हेल्प नेपालले गण्डकीमाथि २५–१९, २७–२५ र २५–१९ को विजय रचेको हो।
दोस्रो सेमिफाइनलमा त्रिभुवन आर्मी क्लबले नेपाल पुलिस क्लबलाई १८–२५, २५–२३, २४–२६, २५–१३ र १५–१३ ले हराउँदै उपाधि भिडन्त पक्का गरेको हो।
आर्मीका हरि अधिकारी प्लेयर अफ दि म्याच घोषित भए। शुक्रवार नै महिलातर्फ भएको तेस्रो स्थानको खेलमा एपिएफले न्यु डायमण्ड स्पोर्टस् क्लबमाथि २५–२२, २३–२५, २५–१४, २५–२१ ले जित निकाल्यो।
महिलामा नेपाल पुलिस र एभरेष्ट भलिबल क्लबले उपाधि भिडन्त तय गरेका छन्। शनिवार महिला र पुरुष दुवैतर्फ फाइनल हुनेछन्। नेपाल भलिबल संघको आयोजनामा जारी प्रतियोगितामा महिला र पुरुषतर्फका विजेताले पाँच लाख, उपविजेताले दुई लाख र तेस्रो हुने टोलीले एक लाख २५ हजार रुपैयाँ पाउनेछन्।
तपाईंको ईमेल गोप्य राखिनेछ ।