|

सुर्खेत : डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका-७ स्थित पहाडा विमानस्थल सञ्चालनमा ल्याउन प्रदेशसभा सदस्य बीरबहादुर शाहीले माग गरे। प्रदेशसभामा उनले जुफाल विमानस्थल बन्द भएकाले तत्काल मसिनेचौर विमानस्थल सञ्चालनमा ल्याउनुपर्ने माग राखे।

उनले सडक पुगे पनि यातायातका साधन नपुगेको जिल्ला डोल्पा भएको भन्दै भेरी करिडोरभित्र अलपत्र परेका सडक तथा पुलहरु तत्काल निर्माण गर्न सरकारको ध्यानाकर्षण गराए।

डोल्पाको ठूलीभेरी नगरपालिकाभित्र अलपत्र परेका पुलहरु पुनःनिर्माणका लागि सरकारसँग माग गरे। टेन्डर गर्दै, काम अलपत्र पार्दै गरेको भन्दै उनले काम नगर्ने भए ठेक्का तोडनुपर्ने बताए। 

प्रदेशसभा सदस्य लक्ष्मी सुनारले कर्णाली प्रदेश सरकारले लक्षित वर्गको कार्यक्रम ल्याउने तर कार्यान्वनको अवस्था कम्जोर भएको भन्दै तत्काल त्यस्ता कार्यक्रम कार्यान्वयन गर्न माग गरे। 

सबै खालका लक्षित वर्गका लागि आएको कार्यक्रम र नीति अक्षरशः पालना हुनुपर्ने उनको माग थियो।

मुख्यमन्त्री रोजगार कार्यक्रमले लक्षित वर्गलाई समेट्न नसकेको आरोप लगाउदै उनले उक्त बजेट शिक्षा र स्वास्थ्य क्षेत्रमा लगाउन माग गरे। 

प्रदेशसभा सदस्य राजिवविक्रम शाहले भूकम्पको समयमा कर्णाली प्रदेश सरकारको भूमिका सन्तोषजनक नदेखिएको भन्दै सरकारको आलोचना गरे। 

अर्की प्रदेशसभा सदस्य बलीमाया बुढाले प्रदेश सरकारले काम गर्न नसकेको भन्दै असन्तोष व्यक्त गरिन्। कर्णाली प्रदेश गरिव छ भन्ने तर माथि उठाउने काम नगर्ने यस्तो तरिकाले कहाँ हुन्छ उनले प्रश्न गरिन्। 

प्रदेशसभा सदस्य हिग्मतबहादुर विष्टले बजेट कार्यान्वयन सन्तोषजनक नभएको आरोप लगाउँदै तत्काल सुधार गर्न माग गरे। प्रदेशसभा सदस्य घनश्याम भण्डारीले भारी मात्रामा स्वास्थ्यकर्मीको अभाव भएकाले काम गर्न समस्या भएको बताए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.