|

काठमाडौँ : युवा तथा खेलकुदमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद विराजभक्त श्रेष्ठले खेल क्षेत्रसँग सम्बन्धित नियुक्तिहरु स्वस्फुर्त र निष्पक्ष हुने बताएका छन्।

शनिवार काठमाडौँमा आयोजित पार्टीको कार्यक्रमलाई सम्बोधन गर्दै उनले खेलकुद क्षेत्रबाट खेलाडीहरु विदेश पलायन नहुने गरी काम गर्ने प्रतिबद्धता जनाए। 

उनले खेल क्षेत्रमा राजनीतिक नियुक्तिले धेरै ठाउँ बिग्रिएको भन्दै अबका दिनमा राजनीतिक नियुक्ति खेल र खेलाडीको विकासका लागि हुने बताए। उनले पहिलापहिला सुतेको मान्छेले सपना देख्ने भन्दै उनले अहिले आफूहरुले सपना देखेर सुत्न नसकेको बताए। 

उनले रास्वापले ०८४ सम्म सुत्न छोडेर भए पनि देश विकासका लागि काम गर्नुपर्ने बताए। मन्त्री श्रेष्ठले आगामी सोमवारबाट खेल क्षेत्रको विकासका लागि एक्सनमा काम गर्ने प्रतिबद्धता जनाए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.