|

काठमाडौं :  कोपा अमेरिकाको समूह विभाजन गरिएको छ। 

यस वर्षको कोपा अमेरिकामा १० देश दक्षिण अमेरिकी र र ६ देश उत्तर र सेन्ट्रल अमेरिका तथा क्यारेबियन देशबाट छानिएका छन्।

दक्षिण अमेरिकाबाट डिफेन्डिङ च्याम्पियन अर्जेन्टिना, बोलिभिया, ब्राजिल, चिली, कोलम्बिया, इक्वेडर, पराग्वे, पेरु, उरुग्वे र भेनेजुएला रहेका छन् । त्यस्तै उत्तर र सेन्ट्रल अमेरिका तथा क्यारेबियन देशबाट जमैका, मेक्सिको, पानामा, अमेरिका, क्यानडा र कोस्टारिका रहेका छन्।

अमेरिकामा हुने यस पटकको कोपा अमेरिकाआगामी जुन २० देखि जुलाई १४ सम्म हुने छ। कोपा अमेरिकाको फाइनल खेल फ्लोरिडाको मियामी गार्डेनस्थित हार्ड रक स्टेडियममा हुनेछ।

कोपा अमेरिकाको समुह ए मा अर्जेन्टिना, पेरु, चिली र क्यानडा रहेका छन् भने समुह बी मा मेक्सिको, इक्वेडर, भेनेजुएला र जमैका रहेका छन्।

त्यसैगरी समुह सी मा अमेरिका, उरुग्वे, पनामा र बोलिभिया रहेका छन् भने समुह डी मा ब्राजिल, कोलम्बिया, पराग्वे र कोस्टारिका रहेका छन्।

प्रतियोगिताको उद्घाटन खेलमाडिफेन्डिङ च्याम्पियन अर्जेन्टिनाले क्यानडाको सामना गर्ने छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.