|

काठमाडौं : खोटाङको रावावेसी गाउँपालिकामा यही चैत २७ गतेदेखि खार्पा महोत्सव तथा श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञ हुने भएको छ।

चेलीबेटी समूहको आयाजनामा खोटाङको रावावेसी-२ शारदा मावि सप्ताह ज्ञान महायज्ञ हुन लागेको हो। महोत्सव आयोजनाको तयारी शुरु भइसकेको प्रचार प्रसार समितिका संयोजक रामकृष्ण पोखरेलले बताए। 

महोत्सवले धर्मप्रतिको आस्था बढाउनुको साथै धार्मिक पर्यटन प्रवर्धनमा पनि सहयोग पुर्‍याउने अपेक्षा गरिएको छ। महोत्सवमा भारतका श्रद्धालुले पनि सहभागिता जनाउने भएका छन्। 

महोत्सव तथा महायज्ञ वैशाख ३ गतेसम्म चल्नेछ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.