|

काठमाडौं : मुग्लिन-नारायणगढ सडकको रामनगरमा बिहीबार बिहान माइक्रोबस दुर्घटना हुँदा आठजना घाइते भएका छन्। 

चितवनको भरतपुर-१ रामनगरमा ट्राफिक प्रहरीले जाँचका लागि रोकिराखेको बागमती प्रदेश ०१-००६ ख ४८८८ नम्बरको बसमा ग २ ख २२५ नम्बरको माइक्रोबस अनियन्त्रित भई ठक्कर खाएको हो।

दुर्घटनामा परी  चितवन भरतपुर मनपा-११ की ४४ वर्षीया मिना सापकोटा,  भरतपुर-५ का ४० वर्षीय केशर साह,  भरतपुर-२१ की ४४ वर्षीया मेनका तामाङ , भरतपुर-१४ का ५३ वर्षीय हरिराम ढकाल र  ५१ वर्षीया धनुमाया ढकाल,  भरतपुर-२ का ३० वर्षीय काशी उपरकोटी,  भरतपुर-२० का ४७ वर्षीय तुलबहादुर घले र गोर्खा सिरानचोक-१ की २६ वर्षीया प्रीति रम्तेल घाइते भएका हुन्। 

उनीहरूको भरतपुरका विभिन्न अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ। दुर्घटनामा स्थानीय कमलबहादुर  न्यौपानेको घरमा सञ्चालित मोटरसाइकल ग्यारेजमा समेत क्षति पुगेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.