|

बैतडी : बैतडीको दोगडाकेदार गाउँपालिकामा आँखा उपचार केन्द्र सञ्चालनमा आएको छ।

दोगडाकेदार गाउँपालिका, नेपाल नेत्रज्योति संघ गेटा आँखा अस्पताल र सेभा फाउन्डेशनको सहयोगमा गाउँपालिकामै पहिलो पटक आँखा उपचार केन्द्र सञ्चालनमा आएको हो।

दोगडाकेदार गाउँपालिका-३ मा रहेको श्रीकोट स्वास्थ्यचौकी सञ्चालन आएको आँखा उपचार केन्द्रको गाउँपालिका उपाध्यक्ष पार्वती ऐरी कार्कीले उद्घाटन गरे।

गाउँमै आँखा उपचार केन्द्र स्थापना भएपछि स्थानीय नागरिकले सहजरुपमा आँखासम्बन्धी विभिन्न रोगको उपचारका लागि सहज हुने दोगडाकेदार गाउँपालिकाकी उपाध्यक्ष पार्वती कार्कीले बताए।

आँखाका बिरामी बढिरहेकाले गाउँमै उपचार गर्न सहज होस् भनेर केन्द्र स्थापना गरिएकोले गाउँपालिकाको यसमा पूर्ण सहयोग हुने उपाध्यक्ष कार्कीले बताए।

केन्द्र सञ्चालन भएसँगै आँखाको सामान्य समस्याको लागि अन्यत्र जानुपर्ने बाध्यताको अन्त्य भएको  दोगडाकेदार गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत चक्रदेव जोशीले बताए। ​ग्रामीणस्तरमै स्थानीय नागरिकको आँखाको सहज उपचारका लागि केन्द्र स्थापना गरिएको उनले बताए।

आँखाका विरामी बढिरहेकोले गाउँमै उपचार गर्न सहज होस् भनेर केन्द्र स्थापना गरिएको गाउँपालिकाका स्वास्थ्य शाखामा कार्यरत जनस्वास्थ्य निरीक्षक जनकराज कलौनीले बताए।

उपचार केन्द्र स्थापनापछि आँखामा सामान्य समस्या आउँदा सदरमुकाम वा कैलाली पुग्नुपर्ने बाध्यता हटेको ​दोगडाकेदार गाउँपालिका वडा नम्बर ३ का वडाध्यक्ष तथा श्रीकोट स्वास्थ्यचौकी व्यवस्थापन समितिका अध्यक्ष कमलराम भुलले बताए।

उपचार केन्द्रका लागि आवश्यक पर्ने उपकरण, औषधि, चश्मा, जनशक्ति र कार्यालयको व्यवस्थापन गरिएको श्रीकोट स्वास्थ्य चौकीका इञ्चार्ज वीरसिंह भाटले बताए। आँखासम्बन्धी समस्या भएकाहरूले अब सहज रूपमै सेवा पाउने उनले बताए।

गाउँपालिकामै आँखासम्बन्धी विभिन्न समस्याहरुको उपचार हुने भएपछि स्थानीय हर्षित भएका छन्। आँखामा चोटपटक तथा सामान्य उपचारका लागि बाहिर जानुपर्ने बाध्यता रहेकामा अब गाउँमै उपचार पाइने भएपछि खुशी लागेको दोगडाकेदार गाउँपालिका-३ श्रीकोटका ६१ वर्षीया माया विष्टले बताइन्।

आँखा उपचार केन्द्र उद्घाटन कार्यक्रममा नेपाल नेत्रज्योति संघका केन्द्रीय सहकोषाध्यक्ष विष्णुदत्त जोशी, गेटा आँखा अस्पतालका डा सुरेशराज पन्त, राजबहादुर चौधरी, रमेशचन्द्र भट्ट, लोकराज जोशी, दोगडाकेदार गाउँपालिकाका कार्यपालिका सदस्य हेमा भट्ट कपाडी, महिला स्वयंसेविकाहरू,स्वास्थ्यकर्मी, कर्मचारी, सञ्चारकर्मी, स्थानीयलगायतको उपस्थिति रहेको थियो।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.