काठमाडौँ : नेपाल क्रिकेट संघ (क्यानले) नेपाल ‘ए’ र आयरल्यान्ड ‘ए’ बीच हुने टी-२० शृंखलाको खेलतालिका परिवर्तन गरेको छ।
पहिले सार्वजनिक खेलतालिकाअनुसार टी-२० शृंखलाका खेल बिहीवार, शुक्रवार र आउने आइतवार हुने तय भएको थियो।
पानी परेर बिहीवार खेल हुन नसकेर रद्द भएपछि क्यानले नयाँ तालिका सार्वजनिक गरेको हो।
क्यानले आज सार्वजनिक गरेको परिमार्जित तालिकाअनुसार शृंखलाको पहिलो खेल अब शुक्रवार हुनेछ। शृंखलाको दोस्रो खेल शनिवार र तेस्रो तथा अन्तिम खेल सोमवार हुनेछ।
टी-२० शृंखलाका सबै खेल कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा दिउँसो १ बजे शुरु हुनेछन्। तर एकदिवसीय शृंखलाको खेलतालिकामा भने कुनै परिवर्तन भएको छैन।
तपाईंको ईमेल गोप्य राखिनेछ ।