|

काठमाडौं : सभामुख देवराज घिमिरेले विश्वमा देखापरेका भौगोलिक, क्षेत्रीय द्वन्द्व र अशान्तिका विषयमा नेपालको तर्फबाट अन्तरव्यवस्थापिका संघको सभामा प्रभावकारी ढंगले कुरा उठाएको बताएका छन्।

अन्तरव्यवस्थापिका संघको १४८ औँ सभामा सहभागी भई स्वदेश फर्किएसँगै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै सभामुख घिमिरेले नेपालको तर्फबाट सभामा प्रभावकारी सहभागिता जनाएको बताए। 

‘१४८ औँ अन्तरव्यवस्थापिका संघको सभामा नेपालको तर्फबाट हामीले प्रभावकारी ढंगबाट सहभागिता जनाएका छौँ’, उनले भने, ‘अन्तरव्यवस्थापिका संघको सभामा संसदको डिप्लोमेसी अहिलेको परिस्थितिमा डिप्लोमेसीले शान्ति र प्रगतिको लागि के काम गर्न सकिन्छ? सद्भाव र शान्ति विकास गर्न कसरी काम गर्ने? यसको के महत्त्व छ? भन्ने विषयमा आधारित भएर छलफल भयो।’

सभामुख घिमिरेले नेपालले सभामा जलवायु परिवर्तन लगायत विभिन्न ठाउँमा देखापरिरहेका समस्या समाधान गर्न कूटनीतिक ढंगबाट संसदले खेल्ने भूमिका खेल्नुपर्ने बारेमा कुरा उठाएको बताए। ‘नन एलाइमेण्ट मोमेण्ट’मा पनि नेपालको तर्फबाट सहभागिता जनाएको र अहिले देखापरेका चुनौती, जलवायु परिवर्तनले पारिरहेको प्रभाव र नेपाल तथा नेपालजस्ता मुलुकमा तत्काल परेका असरलाई न्यूनीकरण गर्ने विषयमा छलफल भएको उनले जानकारी दिए।

‘नन एलाइमेण्ट मोमेण्टमा पनि हामीले भाग लियौँ। त्यसमा पनि अहिले देखापरेका चुनौती, खासगरी जलवायु परिवर्तनले पारिरहेको प्रभाव र नेपाल तथा नेपालजस्ता मुलुकमा तत्काल परेका असर न्यूनीकरण गर्ने लगायतका विषयमा छलफल भयो’, उनले भने, ‘संसदलाई आईपीओमार्फत कसरी प्रभावकारी पार्न सकिन्छ र क्षेत्रीय तहका सम्भव भएका भेला नेपालले पनि आयोजना गर्नसक्ने विषयमा छलफल गरियो।’

सभामुख घिमिरेले अब संसदीय गतिविधि तीव्र गतिमा अघि बढ्ने विश्वास व्यक्त गरे। उनले संसदीय गतिविधि संसदीय समितिमार्फत पनि अघि बढिरहेको तर्क गरे।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.