|

विराटनगर : कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीको नेतृत्वलाई दिएको समर्थन एकीकृत समाजवादीले तत्काल फिर्ता नलिने संसदीय दलका नेता  एवम् पूर्वमुख्यन्त्री  राजेन्द्रकुमार राईले बताएका छन्।

यो प्रदेशमा नयाँ सरकार बनाउन गाह्रो रहेको बताउँदै उनले  सरकार अस्थिरता भएकाले कुनै पनि काम अघि नबढ्ने बताए। गठबन्धन  संविधान रक्षाका लागि निर्माण भएको र सोहीअनुसार  निर्वाचन भएको तर सत्ताको लागि गठबन्धन बदलिरहने कुरा राम्रो नभएको उनको भनाइ थियो।

 ‘हामी सरकारलाई दिएको  समर्थन तत्काल फिर्ता लिन्नौँ, जनतालाई किन निराश पार्नु? गठबन्धन  संविधान रक्षाको लागि बनेको हो, त्यसरी नै  चुनाव भयो  र सरकार त्यसरी नै भयो, उनले भने, ‘सत्ताको लागि उथलपुथल,  सबै लथालिंग भयो, कोशी प्रदेशको सरकार बनाउन गाह्रो छ। सरकार अस्थिरता भएकाले काम पनि बढ्दैन,  बजेट नै  राम्रोसँग अगाडि बड्दैन।’ 

यस्तो खालको काम  सत्ताको लागि कसैले गर्छ भने आफूले पनि  सजिलै नछोड्ने  उनको भनाइ थियो।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.