विराटनगर : तरकारी बोक्ने मिनी ट्रकबाट प्रहरीले आज गाँजा बरामद गरेको छ। धनकुटाको साँगुरीगढी गाँउपालिका–६ भेडेटार चोकबाट मिनी ट्रकमा लोड गरेर राखेको अवस्थामा ठूलो परिमाणको गाँजा बरामद गरेको प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ।
सब्जी बोक्ने मिनी ट्रकमा लागुऔषध गाँजाको ओसारपसार भइरहेको भन्ने विशेष सूचनाका आधारमा इलाका प्रहरी कार्यालय भेडेटारबाट खटिएको प्रहरी टोलीले गाँजा फेला पारेको हो।
प्रहरीका अनुसार भेडेटार चोकमा रोकेर राखेको को १ ख ३२९४ नम्बरको मिनी ट्रकमा लोड भएको सब्जीको बोराभित्र प्याक गरी लुकाइछिपाइ राखेको अवस्थामा ५४४ किलो लागुऔषध गाँजा बरामद गरेको हो।
गाँजा र सवारी साधन नियन्त्रणमा लिइएको र ट्रकका चालक तत्काल फरार रहेकाले खोजतलास भइरहेको र घटनाका विषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ।
तपाईंको ईमेल गोप्य राखिनेछ ।