|

विराटनगर : नेपाली कांग्रेस कोशी प्रदेशको संसदीय दलको प्रमुख सचेतकमा गोपाल  तामाङ मनोनीत गरिएको छ। नेपाली कांग्रेस संसदीय नेता उद्धव थापाले  तामाङलाई  प्रमुख सचेतकमा मनोनीत गरिएको बताए। 

'नेपाली कांग्रेस प्रदेश सभा संसदीय दलको विधान २०७४ को दफा ११ को उपदफा (१) मा व्यवस्था भए अनुसार तपाईंलाई कोशी प्रदेशको संसदीय दलको प्रमुख सचेतकमा मनोनयन गरेको छु । नेपाली कांग्रेस प्रदेश सभा संसदीय दलको विधान बमोजिम आफ्नो काम, कर्तव्य र अधिकार इमान्दारीपूर्वक गर्नुहुनेछ भन्ने विश्वास सहित कार्यकाल सफलताको शुभकामना व्यक्त गर्दछु ', थापाले जारी गरेको पत्रमा भनिएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.