|

विराटनगर : मधेशी आयोगकी सदस्य रेनुदेवी साहले कोशी प्रदेशका प्रदेश प्रमुख पर्शुराम खापुङसमक्ष वार्षिक प्रतिवेदन पेश गरेकी छिन्।

मंगलवार प्रदेश प्रमुखको कार्यालयमा साहले आर्थिक वर्ष ०७९/८० को वार्षिक प्रतिवेदन पेश गरेकी हुन्।

प्रतिवेदन बुझ्दै प्रदेशप्रमुख खापुङले नेपाल विभिन्न धार्मिक सांस्कृतिक सम्प्रदायका मानिस बसेर बनेको मुलुक रहेको र हरेक समुदायको समस्या त्यो समुदायको मात्रै ठान्न नहुने बताएका छन्। प्रदेश प्रमुख खापुङले  देशका जनजाति, खसआर्य समुदाय, महिला‚ दलित सबैको समस्या नै मुलुकको समस्या भएको  बताए।

‘सबैका समस्याको समाधान गर्न विभिन्न आयोग बनेको छ‚ राज्यको हरेक अंग सक्रिय छ,  त्यसमा मधेशी आयोग पनि सक्रिय छ,’ उनले भने, ‘मधेशी आयोगले पहिचान गरेर उल्लेख गरेको मधेशको मात्रै होइन सबैका साझा हुन्।’

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.