|

काठमाडौं : युरोपेली च्याम्पियन्स लिगको क्वाटरफाइनल अन्तर्गत पहिलो लेगमा दुई दावेदार टोली रियल म्याड्रिड र म्यानचेस्टर सिटीले रोमाञ्चक बराबरी खेलेका छन्।

गएराति रियलको घरेलु मैदान सान्टियागो बर्नाबेउमा भएको खेल ३–३ को बराबरीमा सकिएको हो।

खेलको दोस्रो मिनेटमा नै बर्नार्डो सिल्भाले सिटीलाई खेलमा अग्रता दिलाए। उनले रियलका गोलकिपर लुनिनलाई चकित पार्दै लिएको। फ्रिकिक गोलमा परिणत भएको थियो।

१२औं मिनेटमा रियलले खेलमा बराबरी गोल गर्यो। एडुवार्डो कामाभिंगाले बक्स बाहिरबाट गरेको प्रहार सिटी डिफेन्डर रुबेन डियासबाट डिफ्लेक्ट भएर सिटी गोलरक्षक ओर्टेगालाई कुनै मौका दिएको थिएन।

१४औं मिनेटमा रियलले अग्रता लियो। भिनीसियस जूनियरको थ्रु–पासमा रोड्रीगोले वान अन वान अवसरमा गोल गर्दै रियललाई अग्रता दिलाए।

खेलको चौथो गोलको लागि दोस्रो हाफ कुर्नु परेको थियो। ६६औं मिनेटमा फिल फोडेनले पुनः बक्स बाहिरबाट उत्कृष्ट गोल गर्दै सिटीलाई खेलमा फर्काए।

त्यसको पाँच मिनेट पछि सिटीले पुनः उत्कृष्ट गोल मार्फत खेलमा अग्रता लियो। जोस्को गवार्डीओलले ७१ औं मिनेटमा गोल गरे। 

तर सिटीको अग्रता फेरी पनि धेरै बेर टिक्न सकेन। ७९औं मिनेटमा भिनिसियस कै क्रसमा बक्स भित्रबाट सानदार भली फिनिश गर्दै फेडेरिको भालभर्डेले गोल गरेर खेल ३–३ को स्थितिमा ल्याए।

यस क्वाटरफाइनल टाईको दोस्रो लेग अप्रिल १८ मा  सिटीको घरेलु मैदानमा हुनेछ। 

गएराति नै भएको अको अर्को क्वाटरफाइनल खेलको पहिलो लेगमा आर्सनल र बायर्न म्युनिखले पनि २–२ को बराबरी खेलेका छन्।
प्रतियोगिता अन्तरगत आज पीएसजी र बार्सिलोना तथा एथ्लेटिको र डर्टमन्ड आमने सामने हुनेछ। दुवै खेल राति पौन १ बजे हुनेछ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.