|

धनकुटा : धनकुटामा जिल्लास्तरीय ए डिभिजन लिग फुटबल आगामी वैशाख १९ गतेदेखि हुने भएको छ। धनकुटा फुटबल संघको पत्रकार सम्मेलनको आयोजना गरेर वैशाख १९ देखि २२ गतेसम्म डाँडाबजार खेलमैदानमा प्रतियोगिता सञ्चालन गर्ने जानकारी दिएको हो।

ए डिभिजन जिल्ला लिगमा धनकुटाका ६ टिमले प्रतिस्पर्धा गर्ने जिल्ला फुटबल संघका अध्यक्ष मणि चेम्जोङले जानकारी दिए।

यस्तै, आगामी बैशाख ३० देखि धनकुटाको टुँडिखेलमा जिल्ला स्तरीय बी डिभिजन लिग फुटबल प्रतियोगिता हुने भएको छ। धनकुटा फुटबल संघकै आयोजनामा हुने बी डिभिजन लिग प्रतियोगितामा धनकुटा १० वटा फुटबल टिमको सहभागिता हुने आयोजकले जनाएको छ। धनकुटा फुटबल संघमा आवद्ध १६ टिममध्ये ६ टिम ए डिभिजनमा र १० टिम बी डिभिजनमा रहेका छन्।

ए डिभिजन लिग विजेताले नगद ४० हजार रुपैयाँ र उपविजेताले नगद २० हजार रुपैयाँ मेडल कप प्राप्त गर्नेछन्। यस्तै ए डिभिजनमा अन्तिम हुने टीम रेलिग्रेसनमा परेर बी डिभिजनमा घटुवा हुने छ भने बी डिभिजन विजेताले नगद ३० हजार र उपविजेताले नगद १५ हजार मेडल कप प्राप्त गर्ने आयोजकले जनाएको छ।

यस्तै बी डिभिजन विजेता ए डिभिजनमा बढुवा हुनेछ। प्रतियोगिता सञ्चालनका लागि अखिल नेपाल फुटबल संघ एन्फाले एक लाखको खेल सामग्री र नगद ६ लाख रुपैयाँ सहयोग गर्ने जिल्ला फुटबल संघका अध्यक्ष चेम्जोङले जानकारी दिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.