|

काठमाडौँ : नेपालका धावक गोपीचन्द्र पार्कीले लण्डन म्याराथनमा प्रतिस्पर्धा गर्ने भएका छन्।

यस संस्करणको लण्डन म्याराथन आगामी अप्रिल २१ मा शुरु हुँदै छ। १३ औँ दक्षिण एशियाली खेलकुद (साग)मा पाँच हजार मिटर दौडमा स्वर्णपदक विजेता गोपीचन्द्रले योपटक नेपालका तर्फबाट चुनौती प्रस्तुत गर्ने भएका हुन्।

त्यसका लागि धावक गोपीचन्द्र शुक्रवार बेलायत प्रस्थान गर्दै छन्। बुधवार एक कार्यक्रमबीच राष्ट्रिय खेलकुद परिषद् (राखेप) सदस्यसचिव टंकलाल घिसिङ र नेपालगञ्ज म्याराथनका अध्यक्ष टंकसिंह ठकुरीलगायतले गोपीचन्द्रलाई बिदाइ गरे।

उनी नवौँ धारा नेपालगञ्ज म्याराथनको उपाधि जित्दै गोपी लण्डन म्याराथनका लागि छनोट भएका हुन्। नेपालगञ्ज म्याराथनले नेपाल रन युकेको सहकार्यमा विजेतालाई लण्डन म्याराथनमा सहभागिता निश्चित गरेको हो।

गत मंसिर नेपालगन्ज म्याराथन म्याराथन जितेयता गोपीचन्द्रले लण्डन म्याराथनको तयारी गरिरहेका थिए। उनी एपिएफका खेलाडी हुन्।

नेपालबाट छनोट भएर पहिलोपटक कुनै पनि धावक लण्डन म्याराथनको इलिटतर्फ प्रतिस्पर्धा गर्न लागेको हो। लण्डन म्याराथनको विभिन्न विधामा गरेर पाँच लाख ६० हजार मानिस दौडनेछन्। इलिटमा भने करिब ५० हजार धावक हुनेछन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.