|

विराटनगर : वैशाख १५ गते हुने उपनिर्वाचनमा इलाम २ बाट एमाले उम्मेदवार सुहाङ नेम्वाङलाई जिताउन एमाले र माओवादी केन्द्रले पाँचबुँदे सहमति गरेका छन्।

दुई पार्टीको कोशी प्रदेशस्तरमा गरिएको बैठकको निर्णय बुधबार सार्वजनिक गरिएको हो। नेकपा एमाले मोरङको विराटनगरस्थित पार्टी कार्यालयमा पत्रकार सम्मेलन गरी दुई पार्टीका अध्यक्षद्वय घनश्याम खतिवडा र हर्कबहादुर नेम्वाङ (मिक्सो)ले उक्त सहमति सार्वजनिक गरेका हुन्।

निर्णयमा उपनिर्वाचनमार्फत वामपन्थी शक्तिबीचको सहकार्य र भविष्यमा सुदृढ कम्युनिष्ट पार्टी एकताको आयामको रूपमा जग तयार गर्ने उल्लेख छ।

यस्तै सामूहिक रूपमा अग्रसरता लिने, स्थानीय नेता कार्यकर्ताको मनोबल उठाउन र पार्टी पंक्तिमार्फत शक्ति सञ्चय गर्न समूह बनाएर लाग्ने, निर्वाचन क्षेत्रसँग जोडिएका छिमेकी जिल्ला र पालिकाका मतदातालाई आकर्षित गर्ने, जिल्लास्तरमा चुनाव सहयोग संयन्त्र गठन गर्ने र त्यसमार्फत एमालेका सुहाङ नेम्वाङलाई मत दिन सार्वजनिक अपिल गर्ने दुई पार्टीले निर्णय गरेका हुन्।

उक्त निर्वाचन क्षेत्रमा काँग्रेसबाट डम्बर खतिवडा, रास्वपाबाट मिलन लिम्बू, पहिचानवादीका तर्फबाट डकेन्द्रसिंह लिम्बूलगायतले प्रतिस्पर्धा गरिरहेका छन्। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.