|

म्याग्दी : रघुगंगा गाउँपालिकामा निर्माणाधीन ३७.५ मेगावाट क्षमताको मंगलेराहुघाट जलविद्युत् आयोजनाको सुरुङ ‘ब्रेक थ्रु’ भएको छ। 

तुँदी पावर कम्पनी प्रवर्धक रहेको आयोजनाको बाँध बनेको रघुगङ्गा गाउँपालिका–८ बन्दीको अडिट १ र खरिबोटस्थित अडिट २ जोड्ने सुरुङको बुधबार साँझ ब्रेक थ्रु भएको हो। आयोजनाका आवासीय इञ्जिनियर प्रकाश तिमिल्सिनाले अडिट १ र २ जोड्ने एक हजार नौ सय मिटर लामो सुरुङ छेडिएको जानकारी दिए। 

‘अडिट २ र मलाङस्थित अडिट ३ जोड्ने एक हजार ८०० मिटर लामो सुरुङ यसअघि नै जोडिएको थियो’, उनले भने, ‘बाँधदेखि विद्युत् गृहमा पानी लैजान पाँच हजार ३२८ मिटर लामो सुरुङ निर्माण भएको छ।’

सुरुङ छेडिएपछि प्रवर्धक, सिभिल ठेकेदार एसियन इन्फ्रा स्ट्रक्चरका प्राविधिक र कर्मचारीहरुले खुशियाली मनाएका छन्। तीन वर्षअघि चार ठाउँबाट सुरुङ निर्माण सुरु भएको थियो। 

बाँध नजिकै पानी थिग्र्याउने पोखरी निर्माण सकिएको छ। मलाङको ‘आउटलेट’देखि चिमखोलाको बगरखोला र राहुघाटको दोभानमा निर्माणाधीन बाँध जोड्ने नौ सय मिटर पाइप लाइन जडान भइरहेको छ। तीन सय मिटर ‘पेनस्टक’ पाइप जोड्न बाँकी छ। आउटलेट र विद्युत् गृहको उचाइ ३५० मिटर छ। विद्युत्गृह निर्माणलाई अन्तिमरूप दिनुका साथै ‘इलेक्ट्रोमेकानिकल’ उपकरण जडानको ४० प्रतिशत काम पूरा भएको छ। 

तुँदीले राहुघाटमा एकै साथ दुई वटा जलविद्युत् आयोजना निर्माण गरिरहेको छ। मंगलेराहुघाटको विद्युत् गृह नजिकै बगरखोलाको पानी मिसाएर ४८.५ मेगावाट विद्युत् उत्पादन गर्ने अर्को अपर राहुघाट जलविद्युत् आयोजना निर्माणाधीन छ। 

करिब १४ अर्ब रुपैयाँ लागतमा २०७७ सालमा शुरु भएका दुवै आयोजनाको ८५ प्रतिशत भौतिक निर्माण पूरा भएको इञ्जिनियर तिमिल्सिनाले जानकारी दिए बगरदेखि दग्नाम गाउँको फेदीमा निर्माणाधीन विद्युत् गृह जोड्ने अपर राहुघाटको चार हजार ९०० मिटर लामो सुरुङ छ महिनाअघि निर्माण भएको थियो। 

अपर राहुघाटको विद्युत् गृह ७५ प्रतिशत र बाँध निर्माणको ५० प्रतिशत भौतिक प्रगति भएको छ। मंगले राहुघाटले सन् २०२४ को डिसेम्बर र अपर राहुघाटले जुन महिनामा विद्युत् उत्पादन गर्ने तयारी छ।

उत्पादित विद्युत् केन्द्रीय प्रसारण लाइनमा जोड्न रघुगङ्गा-३ अम्बाङमा बन्न लगेको राहुघाट सब स्टेसनदेखि चिमखोलासम्म दुई सय केभी क्षमताको १४ किलोमिटर लामो प्रसारण लाइन बनाउन थालिएको छ। 

नेपाल विद्युत् प्राधिकरणले अम्बाङमा सब स्टेसन निर्माणमा ढिलो गरेकाले वैकल्पिक माध्यमबाट विद्युत् राष्ट्रिय प्रसारणमा जोड्ने तयारी छ। राहुघाट नदीको सहायक ठूलोखोलामा संयुक्त ऊर्जा प्रालिले २१.३ मेगावाट क्षमताको ठूलोखोला र ठूलोखोला हाइड्रोपावर लिमिटेडले २२।५ मेगावाट क्षमताको माथिल्लो ठूलोखोला जलविद्युत् आयोजना निर्माण गरिरहेका छन्। 

राहुघाट नदीमै नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी रघुगङ्गा हाइड्रो लिमिटेडले ४० मेगावाट क्षमताको

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.