|

काठमाडौं : मुस्लिम आयोगले इद (इद-उल-फित्र) पर्वले राष्ट्रिय एकता, अखण्डता, आपसी मित्रता, सामाजिक र सांस्कृतिक तथा धार्मिक सहिष्णुता सुदृढ बनाउने बताएको छ ।
     

शुभकामना सन्देश जारी गरीआयोगका अध्यक्ष समिम मियाँ अन्सारीले इदले राष्ट्र निर्माण तथा विकासको गति तीव्ररूपमा अघि बढाउने शुभेच्छा व्यक्त गरेका छन्।
     
‘पवित्र रमजान महिनामा एक महिनासम्म दिनभरिको भोक तिर्खा बिर्सेर, रिस–राग र स्वार्थ त्यागेर सबै ज्ञानेन्द्रियलाई कुकर्मबाट टाढा राखी कठोर अभ्यास पूरा गरी भोलिपल्ट इदको खुशियाली साटासाट गर्दै मनाउने परम्परा छ’, सन्देशमा भनिएको छ, ‘यो पावन अससरमा देश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदिबहिनीमा इदको शुभकामना व्यक्त गर्दछौँ।’  

इस्लाम धर्मावलम्बीको १४४५ हिजारीको रमजान महिनाको ३० दिने व्रत-उपसना पूरा भएको भोलिपल्ट खुशियाली साटासाट गर्दै मुस्लिम समुदायले मनाउने चाड भएको आयोगले जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.