पर्वत : बडा दशैँ मात्रै होइन चैते दशैँ र नयाँ वर्षको दिनमा पनि बागलुङ भगवती मन्दिर बागलुङमा दर्शनार्थीहरुको घुइँचो हुने गरेको छ। नयाँ वर्षको सङ्क्रान्ति श्रद्धापूर्वक पवित्र नदी तथा तीर्थस्थलहरूमा स्नान गर्ने र मन्दिरहरूमा पूजाआजा गर्नेहरू धेरै हुन्छन्।
नयाँ वर्षको पहिलो दिनमा शक्तिपीठ तथा तीर्थस्थलहरूमा पूजाआजा गर्दा सङ्क्रान्ति परेको दोष मेटिने र वर्ष नै शुभ हुने विश्वास रहिआएको छ। यही विश्वासका साथ शनिबार बागलुङ भगवती मन्दिरमा दर्शन गर्न पुगेका भक्तजनहरूले खुट्टा टेक्ने ठाउँ नै नपाउने गरी मन्दिर परिसर भरिभराउ थियो।
बागलुङ जिल्लाका मात्रै नभएर छिमेकी जिल्लाहरू पर्वत, म्याग्दीसहित देशका विभिन्न जिल्लाका भक्तजनहरू पनि बागलुङ भगवती मन्दिरमा देख्न सकिन्थ्यो।
केही तस्वीर झलक :
तपाईंको ईमेल गोप्य राखिनेछ ।