|

काठमाडौँ : एसीसी प्रिमियर कप क्रिकेटमा नेपालले कतारसामु जीतका लागि २११ रनको लक्ष्य प्रस्तुत गरेको छ।

ओमानको अल अमिरात क्रिकेट ग्राउण्डमा टस जितेर ब्याटिङ थालेको नेपालले निर्धारित ओभरमा ७ विकेट गुमाउँदै २१० रन बनायो। नेपालका लागि दीपेन्द्र सिं ऐरीले बिस्फोटक ब्याटिङ गर्दै अविजित ६४ रनको योगदान गरे। 

२१ बलको सामना गरेका उनले ३ चौका र ७ छक्का प्रहार गरे। उनले पछिल्लो अन्तिम ओभरको ६ बलमा ६ ओटा छक्का प्रहार गर्दै कीर्तिमान बनाएका छन्। एकै ओभरमा ६ छक्का प्रहार गर्ने ऐरी, नेपालका पहिलो क्रिकेटर बनेका छन्। 

अन्तरराष्ट्रियस्तरमा भने ऐरी पाँचौ खेलाडी बनेका छन्। आशिफ शेखले अर्धशतकीय पारी खेल्दै ५२  रनको योगदान गरे। कुशल मल्लले ३५ तथा कप्तान रोहित पौडेलले १८ रन जोड्दा कुशल भुर्तेलले १२ रनको योगदान गरे। 

सन्दीप जोरा व्यक्तिगत ७ रनमा क्याच आउट हुन पुगे। गुल्सन झा र विवेक यादव पनि आज सस्तैमा समेटिए। दुवै जना व्यक्तिगत समान ५÷५ रनमा आउट भए।

आजै भएको खेलमा बहराईनलाई ३७ रनले हराउँदै युएईले दोस्रो जीत निकालेको छ। जीतका लागि युएईले दिएको २३७ रनको लक्ष्य पछ्याएको बहराईन निर्धारित ओभरमा ८ विकेट गुमाउँदै १९९ रनमा समेटिएको थियो। 

लगातार दोस्रो जित निकालेको युएई ४ अंक जोड्दै समुह बी को शीर्ष स्थानमा उक्लिएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.