|

काठमाडौँ : विशेष अदालतले कैलालीको सामुदायिक वन उपभोक्ता समितिको रकम हिनामिना गर्ने मनिराम आचार्यलाई ५ वर्ष कैदको फैसला गरेको छ।

विशेष अदालतले चुरे गाउँपालिका-३ स्थित गुप्तपानी सामुदायिक वन उपभोक्ता समूहका तत्कालीन अध्यक्ष आचार्यलाई ५ वर्ष कैद हुने फैसला सुनाएको हो।

उनलाई कैदसहित २५ लाख २४ हजार ३४६ रुपैयाँ जरिबाना र सोही बराबरको बिगो असुलउपर हुने फैसला भएको अदालतका सूचना अधिकारी यज्ञराज रेग्मीले थाहाखबरलाई जानकारी दिए।

समिति पदाधिकारीको मिलेमतोमा आव २०७२।०७३ र ०७३।०७४ मा समूहका कुनै पदाधिकारीलाई जानकारी नदिई खर्च गरेको रकम साधारणसभाबाट अनुमोदन नगराई हिनामिना गरेका थिए।

हिनामिनाका आरोप लागेका पदाधिकारी सचिव हिक्मतसिंह भाट, कोषाध्यक्ष पृथ्वीराज विष्टलाई अदालतले यसअघि नै जनही एक वर्ष ३ महिना कैद र ९ लाख १९ हजार १८६ रुपैयाँ जरिवाना हुने फैसला गरेको थियो।

अडिटर गौरीप्रसाद नाथलाई भने ३ महिना कैद र १० हजार रुपैयाँ जरिवाना हुने फैसला सुनाएको थियो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.