|

काठमाडौं : राप्रपा बर्दियाको मधुवन नगर कार्यसमितिका अध्यक्ष ठाकुरप्रसाद डाँगीको निधन भएको छ। 

गत चैत २७ गते राप्रपाले काठमाडौंमा गरेको जनप्रदर्शनमा सहभागी हुँदा प्रहरीको अश्रुग्याँसबाट उनको स्वास्वप्रश्वासमा समस्या देखिएको थियो।  ​

​अश्रुग्याँसबाट सिकिस्त भएपछि उनलाई उपचारका लागि  छाउनीस्थित सैनिक अस्पताल लगिएको थियो। उनको उपचारका क्रममा आज  बिहान ४ बजे निधन भएको राप्रपा प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए। 

उनको शवलाई श्रद्धाञ्जलीका लागि आज मध्यान्ह १२ बजे राप्रपा कार्यालयमा चाबहिलमा राखिने प्रवक्ता श्रेष्ठको भनाइ छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.