|
तस्वीर : नेपाल क्रिकेट संघ (क्यान)

काठमाडौँ : एसीसी प्रिमियर कप क्रिकेटअन्तर्गत अहिले हङकङविरुद्ध भइरहेको खेलमा ३२ रन बनाएका ओपनर ब्याटर कुशल भुर्तेल छैटौँ ओभरमा आउट भएका छन्। उनी आउट भएलगत्तै अर्को ओभरमा ४० रन बनाएर अर्का ओपनर आशिफ शेख पनि आउट भएका छन्।

नेपालको कुल स्कोर ५ ओभर ३ बलमा ७० रन हुँदा उनी आउट भए। उनले आफ्नो पालीमा १९ बल खेलेर २ छक्का र ३ चौकाको मद्दतले ३२ रन बनाए।

आशिफले १८ बल खेलेर ३ छक्का र ३ चौका प्रहार गरे। उनी सातौँ ओभरको अन्तिम बलमा आउट हुँदा नेपालको कुल स्कोर २ विकेटमा ७६ रन थियो।

अहिले क्रिजमा कप्तान रोहित पौडेल र सन्दिप जोरा ब्याटिङ गरिरहेका छन्। नेपालको स्कोर ८ ओभरमा २ विकेटको क्षतिमा ८५ रन छ।

नेपालले जितका लागि ११५ रनको लक्ष्य पाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.