काठमाडौं : काठमाडौं महानगरपालिकाले वार्षिक शैक्षिक कार्यपात्रो-२०८१ सार्वजनिक गरेको छ। उक्त शैक्षिक कार्यपात्रो अनुसार वैशाख २ गतेदेखि ७ गतेसम्म नयाँ भर्ना अभियान सञ्चालन हुने छ।
वैशाख ९ गतेदेखि भने नियमित कक्षा सञ्चालन हुने महानगरपालिकाले जनाएको छ। यस्तै,वार्षिक परीक्षा चैत ३ गतेदेखि १० गतेसम्म कक्षा ४-९ को सञ्चालन हुने छ। चैत २५ गते भने नतिजा प्रकाशन हुने महानगरपालिकाले जनाएको छ।
यतिखेर देशभर नै नयाँ शैक्षिक सत्र २०८१ को लागि नयाँ भर्ना अभियान चलिरहेको छ।
तपाईंको ईमेल गोप्य राखिनेछ ।