|

काठमाडौँ : विधेयक अधिवेशनको रूपमा लिइने संसद्को हिउँदे अधिवेशन ३ वटा विधेयकमात्रै पारित गरेर अन्त्य भएको छ।

गत वर्षको माघ २२ गतेदेखि शुरु भएको प्रतिनिधिसभाको तेस्रो र राष्ट्रियसभाको पन्ध्रौँ अधिवेशन यही वैशाख २ गते समाप्त भएको हो। अधिवेशनको बीचमा प्रतिनिधिसभा र राष्ट्रियसभाले ३ वटा विधेयक मात्रै पारित गर्न सफल भएको छ।

दुवै सभाले सम्पत्ति शुद्धीकरण (मनी लाउण्डरिङ) निवारण तथा व्यावसायिक वातावरण प्रवर्धनसम्बन्धी केही ऐनलाई संशोधन गर्न बनेको विधेयक, अनुगमन तथा मूल्यांकन विधेयक, २०७६ र खाद्य स्वच्छता तथा गुणस्तर विधेयक, २०७७ पारित गरेका हुन्।

विधेयक अधिवेशन भनिए पनि विधेयकहरू पारित गर्न संसद्को सक्रियता देखिएन। राजनीतिक दलका सांसदहरू स्वयं संसद्ले विधेयकहरू पारित गर्न नसकेको भन्दै असन्तुष्ट देखिने गरेका छन्। यद्यपि उनीहरूले अर्को दललाई आरोप लगाउने गरेका छन्।

२४ वटा विधेयक अझै संसदमै रहेका अवस्था छ। 

संघीय संसद् सचिवालयका सहायक प्रवक्ता दशरथ धमलाले प्रतिनिधिसभामा ९ वटा विधेयक, प्रतिनिधिसभाको समितिमा १४ वटा विधेयक र राष्ट्रियसभाको समितिमा एउटा विधेयक रहेको जानकारी दिए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.