|

काठमाडौँ : नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष विजयबहादुर स्वाँरले महासंघ यातायातको सिण्डिकेटको पक्षमा नभएको बताएका छन्।

महासंघका अध्यक्ष स्वाँरले मंगलवार न्युज एजेन्सी नेपालसँगको कुराकानीमा यस्तो बताएका हुन्। उनले पछिल्लो समय राष्ट्रिय सञ्चारमाध्यमहरूले सर्वोच्च अदालतले सिण्डिकेट बिउँताएको भन्ने भ्रम फैलाएको दाबी गरे। उनले यातायात व्यवसायी महासंघ सिण्डिकेटको पक्षमा नभएर सुधार र प्रविधियुक्त सार्वजनिक यातायातको पक्षमा रहेको बताए।

उनले यातायात सुधार सुझाव कार्यदलको प्रतिवेदनले दिएको सुझाव कार्यान्वयनमा सरकारले दिएको तीव्रतालाई स्वागत गर्ने बताए। उनले कार्यदलले दिएको सुझावको आधारमा यातायात मन्त्रालयले यातायात सेवासँग सम्बन्धित संघसंस्था र समितिलाई प्रतिबन्ध फुकाउन सिफारिस गरिएको प्रतिवेदन कार्यान्वयन गर्न गृह मन्त्रालयलाई पत्राचार गरेको बताए।

उनले यातायात व्यवसायी राष्ट्रिय महासंघ सहित अन्य प्रतिनिधिहरू गएर गृहसचिवलाई पत्र बुझाएको जानकारी दिए। अध्यक्ष स्वाँरले सरकारले यातायातमा भएका अन्योल चिर्दै व्यवस्थित, नागरिक उन्मुख सार्वजनिक यातायात र प्रविधि युक्त बनाउनु पर्नेमा जोड दिए। उनले यातायात प्राधिकरण गठन गर्नुको विकल्प नभएको बताए।

स्वाँरले भने, ‘यातायातका संघ र समिति खारेज गर्ने सरकारको निर्णय सर्वोच्च अदालतले चैत २८ गते खारेज गर्न नमिल्ने फैसला  गरेको छ। प्रतिवेदनमा आधारित यातायात क्षेत्रका सरोकारवालाकf लागि यातायात प्राधिकरण गठन गर्नुपर्छ। नेपाल यातायात व्यवसायी महासंघ कुनै पनि यातायातमा सिण्डिकेटको पक्षमा छैन।’

उनले यातायात व्यवसायी महासंघ कुनै पनि यातायातमा सिण्डिकेटभन्दा पनि नागरिक उन्मुख र लगानीकर्ताको लगानी र श्रमिकको सम्मान हुने गरेर सार्वजनिक यातायातलाई व्यवस्थापन गर्न जरुरी रहेको बताए। उनले १० खर्बको लगानीलाई कसरी संरक्षण गर्नेमा ध्यान केन्द्रित रहेको बताए। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.