काठमाडौँ : युवा तथा खेलकुदमन्त्री विराजभक्त श्रेष्ठले खेलकुदमा नयाँ युगको शुरुवात भएको बताएका छन्।
मंगलवार काठमाडौँमा १४औँ केन्द्रीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताका अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।
उनले राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताले दूरदराज गाउँहरुबाट खेलाडीहरु उत्पादन गरेको बताए। उनले खेलकुद क्षेत्रको विकासका लागि नीतिगत कुराहरु सुधार्नुपर्ने आवश्यकता रहेको पनि बताए।
उनले ३ दशकदेखिका बेथितिहरु सुधारेर सम्भावनाहरु पनि खोज्नुपर्ने आवश्यकता रहेको बताए। उनले सबैजना निष्ठाका साथ इमान्दार भएर कोशिस गर्ने हो भने खेल क्षेत्रले भविष्यमा राष्ट्रको झण्डा फर्फराउने बताए।
‘राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताले दूरदराज गाउँबाट खेलाडी उत्पादन हुँदै गरेकाले खेलकुदमा र युवाहरुमा नयाँ युगको शुरुवात भएको छ‚’ उनले भने, ‘केही नीतिगत कुराहरु सुधार्नुपर्ने छ। ३ दशकदेखिका बेथितिहरु सुधारेर सम्भावनाहरु पनि खोज्नुपर्ने छ।’
तपाईंको ईमेल गोप्य राखिनेछ ।