|

काठमाडौँ : राष्ट्रिय टी–२० क्रिकेटमा लुम्बिनी र मधेश प्रदेशले विजयी शुरुवात गरेका छन्।

प्रतियोगिताअन्तर्गत आज भएको पहिलो खेलमा बागमती प्रदेशलाई ६ विकेटले हराउँदै मधेशले विजयी शुरुवात गरेको हो। 

जितका लागि बागमतीले दिएको १४२ रनको लक्ष्य मधेशले १७ ओभरमा ४ विकेट गुमाएर भेट्टाएको थियो। 

आजै भएको दोस्रो खेलमा गण्डकी प्रदेशलाई ७ विकेटले हराउँदै लुम्बिनीले पनि विजयी शुरुवात गरेको छ। 

जितका लागि गण्डकीले दिएको १३६ रनको लक्ष्य लुम्बिनीले १७ दशमलव २ ओभरमा ३ विकेट गुमाएर भेट्टायो। लुम्बिनीको जितमा सुनिल भण्डारीले अविजित ६० रनको योगदान गरे। 

प्रतियोगितामा ३ विभागीय टोलीसहित १२ टोली सहभागी छन्। १२ टोलीलाई ४ समूहमा विभाजन गरिएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.